सडक दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार हुन्छ : प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले पछिल्ला सडक दुर्घटनाका समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले ती दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई उचित राहत र घाइतेहरूको उद्वार एवम् निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवम् मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सबैको ध्यानाकर्षण गराएका छन् ।

 
 
  
 

You may also like