विदेशीहरूबाट पनि शिक्षण गराइने बाेर्डिङ स्कुल(DSG)

by समतल अनलाइन

बुटवल । रूपन्देहीकाे सियारी गाउँपालिकाकाे लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृह स्थापनाकाे छाेटाे समयमा नै शिक्षा र खेलकूद जगत्मा कीर्तिमानी कायम गरेकाे छ।वि.स.२०५९ सालमा स्थापित यस स्कुलले वि.स.२०७१/७३ र ७३ सालकाे राष्ट्रपति कप लगातार तीनपटक जितेर रनिङ् शिल्डसमेत सदाका लागि आप्नाे बनाउन सफल भएकाे छ।अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकूद र बाैद्धिक जगत्मा जिल्ला,क्षेत्र र राष्ट्रियस्तरमै ख्यातिप्राप्त याे शैक्षिक संस्था झण्डै १४ बिघाकाे क्षेत्रफलमा विस्तारित छ।सर्वत्र हरिताभ दृश्य र बालबालिकाका लागि यथेष्ट खेलमैदानले बाल मस्तिष्क पनि अत्युर्वर हुने सराेकारवालाकाे ठहर छ।चाहे रेप्सा महाेत्सव हाेस् चाहे सियारी शैक्षिक महाेत्सव हाेस् यसै विद्यालयका विद्यार्थीले नै अब्बलता कायम गरी बाजि मारेका छन्।जिल्लास्तरीय वक्तृत्वकला,कविता प्रतियाेगिता र अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरू प्रथम,द्वतीय र तृतीय स्थानमा परेकै देखिन्छन्। भाइबहिनीहरूकाे अङ्ग्रेजी भाषाकाे उच्चार्य सामर्थ्य र अङ्ग्रेजीभाषीसरह बाेल्ने कलाकाे विकासहेतु विद्यालयले बेलाबेलामम बेलायती र अमेरिकन भाषाविद्लाईसमेत बाेलाउने गरेकाे पाइन्छ।निजी तथा आवासीय विद्यालयहरूकाे क्षेत्रगत भाैतिक पूर्वाधारमा दुर्गा शैक्षिक गृह नेपालकै अब्बल शैक्षिक क्षेत्रकाे काेटिमा पर्ने लगानीकर्ताहरूकाे भनाइ छ।भाैतिक सम्पन्नताका साथसाथै गुणस्तरीय शिक्षामा कटिबद्ध याे संस्थाकाे प्रवेशिका परीक्षा र एस्. ई. ई.काे लगातारकाे नतिजा उस्तै अब्बल रहेकाे छ।सियारी गाउँपालिकामा सदैव प्रथम र जिल्लामम अब्बल प्रतिस्पर्धीकाे रूपमा उभिन सफल दुर्गाशैक्षिक गृह एक मात्र यस्ताे स्कुल हाे जहाँका विद्यार्थीहरू शैक्षिक र खेलकूद सामर्थ्यलाई प्रदर्शन गर्न भारतलगायत जापान आदि देशहरूमा नियमित रूपमा सहभागी हुने गर्छन्।याे विद्यालयकाे एउटा मात्र उद्देश्य अन्तर्राष्ट्रिय जगत्मा खपत हुने दक्ष जनशक्तिको उत्पादन रहेकाे विद्यालयकी अध्यक्ष तथा मन्टेश्वरी शिक्षण पद्दति र आरसिसिटिम विधिकी अभियान्ता सुजाता ज्ञवाली भन्नुहुन्छ।संस्थाकी अध्यक्ष शिक्षा क्षेत्रमा दुई दशक बिताइसकेकी लामाे अनुभव संकेन्द्रण गरेकी शैक्षिक अभियान्ता हुनुहुन्छ।शैक्षिक अभियान्ता ज्ञवाली भन्नुहुन्छ-“हामी हार्वर्ड गार्डनरकाे Theory of Multiple Intelligence,कुमार वेदाबेलुकाे Post-method Pedagogy र रसियन मनाेवैज्ञानिक भिगाेत्सकीकाे Social Constructivism लाई यहाँकाे समाजिक बाल मानाेविज्ञानसित जाेडेर शिक्षण गरेका छाैँ।शिक्षक केवल सहज कर्ता हुन् र बालबालिकाहरू हरेक समस्यालाई आफैले समाधान गर्न यत्न गर्नुपर्छ।तब मात्र विद्यार्थी साँचाे अर्थमा विद्यार्थी हुन सक्छन्।सुप्रसिद्ध अमेरिकन शिक्षाविद् जाेन डिवेकाे Learning by Doing लाई हामीले अक्षरश: पालन गरेका छाैँ”
विद्यालयकम प्रमुख याेजनाकार तुलसी ज्ञवाली भन्नुहुन्छ- “अन्तर्राष्ट्रिय जगत्मा खपत हुुन सक्ने दक्ष जनशक्तिकाे उत्पादनमा ऐनकेनप्रकारेण हामी लागेकाे र Smart Learnig लाई जाेड दिँदै Progressive Learning लाई कृयान्वयन गर्दै पूर्वप्राथमिक तहका लागि छुट्टाछुट्टै अत्याआधुनिक प्रविधिमैत्री थप पूर्वाधारकाे विकासकाे पहिलाे प्राथमिकतामा पारेकाे शैक्षिक परियाेजना छिट्टै निर्माण गरी प्रयाेगमा ल्याइने छ।
अनुशासनलाई पहिलाे प्राथमिकतामा राखी नैतिक मूल्यमान्यतामा आधारित एक्काइसौं शताव्दीकाे विज्ञान र प्रविधिमा आधारित जीवनमुखी र व्यावसायिक शिक्षामा जाेड दिइँदै आइरहेकाे कुरा विद्यालयका निर्देशक एवं नेपाल सरकारका सेवानिवृत्त इन्जिनियर राजन ज्ञवाली बताउनुहुन्छ।

 
 
  
 

You may also like