रुपन्देही उद्योग संघको अधिवेशन : पौडेलको नेतृत्वमा साझा प्यानल घोषणा

by समतल अनलाइन

बुटवल।रुपन्देही उद्योग संघको आगामी कार्यकालको लागि माधवप्रसाद पौडेलको नेतृत्वमा उम्मेदवार घोषणा गरिएको छ । आगामी कार्यकालको लागि सबैलाई समेटेर साझा प्यानल बनाईएको अध्यक्षका उम्मेदवार माधवप्रसाद पौडेलले बताउनु भयो ।

मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष रहेका पौडेल नेतृत्वमा बनेको प्यानको वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले रहनुभएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेद्वार सापकोटा मौजुदा समितिको प्रथम उपाध्यक्ष, प्रथम उपाध्यक्षका उम्मेदवार पराजुली द्वितीय उपाध्यक्ष र द्वितीय उपाध्यक्षका उम्मेदवार काफ्ले महासचिव हुनुहुन्थ्यो ।
त्यस्तैगरी महासचिवमा हरिबहादुर खत्री र कोषाध्यक्षमा हिरामणी भट्टराई, सचिवमा बसन्त ढकालको उम्मेदवारी घोषणा भएको छ । त्यस्तैगरी महिला सचिवमा मञ्जु भुसाल र सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली रहनु भएको छ ।

रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवेशन यहि असोजको २३ गते तय गरिएको छ । संघको आगामी कार्यकालको नेतृत्व सर्वसम्मत बनाउनको लागि संघका पूर्व अध्यक्षहरु एजाज आलम, बोनिन पिया र गणेश अधिकारीलाई जिम्मेवारी दिईएको र सोही अनुसार साझा प्यानल तयार भएको संघका अध्यक्ष बाबुराम बोहोराले बताउनु भयो ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उद्योगीको हक हित र व्यबसायिक बिकासमा काम गर्न सक्ने गरि अगाडि बढ्न सुझाव दिनुभयो ।

 
 
  
 

You may also like