४१ अंकले नेप्से बढ्दा झण्डै ३ अर्बको कारोबार

by समतल अनलाइन

काठमाडौँ।आज शेयर बजार बढेको छ । सोमबार ४१ दशमलव ८४ अंकले बढेर २,६१२ दशमलव ६५ को विन्दुमा पुगेको हो ।

आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ ।

आज २२३ वटा कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार रुपैयाँको शेयर करोबार भएको छ । शिखर इन्स्योरेन्स प्रोमोटर शेयरको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज मेरो माइक्रोफाइनान्स कम्पनीको ११ करोड ८६ लाख, हिमालयन डिस्टीलरीको ७ करोड ३४ लाख र सिटिजन्स बैंकको ६ करोड ७२ लाख रुपैयाँको शेयर कारोेबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 
 
  
 

You may also like