कांग्रेसमा महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला पदाधिकारी लड्न पाउने

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लाबाट महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिमा पदाधिकारी लड्न पाइने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै तल्ला तहमा सो कुराको सर्कुलर गरेको हो । समिति संयोजक महादेव यादवद्वारा जारी विज्ञप्तिमा महाधिवेशन हारेकाहरूले जिल्ला सभापतिबाहेक अरू पदमा निर्वाचन लड्न पाउने उल्लेख छ ।

समितिको यही असोज १८ गते बसेको बैठकले पार्टीको विधानमा स्पष्ट उल्लेख नभएको भनी जिल्लाहरूबाट आएको गुनासोलाई सम्बोधन गर्दै निर्णय गरिएको जनाइएको छ । ‘दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूको हकमा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित कुनै पनि व्यक्ति जिल्ला कार्य समितिको सभापति बाहेक कार्यसमितिको अन्य पदमा उम्मेदवार बन्न पाउने छन्’, यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 
 
  
 

You may also like