ईपीएल क्रिकेट : आज दुई खेल हुँदै

by समतल अनलाइन

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई वटा खेलहरु हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स खेल्ने छन् । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले अघिल्ला दुई खेलमा हार बेहोरेको थियो ।

यस्तै दिउँसो साढे एक बजे पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा छ । चितवनले अघिल्ला दुवै खेल जितेको थियो ।

 
 
  
 

You may also like