वृहत्तर यौनिक शिक्षाबारे अन्तरक्रिया

by समतल अनलाइन

बुटवल।वृहत्तर यौनिकता शिक्षा सम्बन्धि बुटवलमा अन्तरक्रिया गरिएको छ। यो संवेदशिल र आजको आवश्यकताको विषय भएको भन्दै किशोरकिशोरीहरुलाई यो शिक्षा दिन सके धेरै किसिमका स्वस्थ्य र सामाजिक समस्याहरु कम गराउन सकिने सहभागीहरुले बताए। लुम्बिनी प्रदेश सरकार, सिसो नेपाल, एफ पान, एमएसआईको संयुक्त आयोजनामा बुधबार बुटवलमा भएको वृहत्तर यौनिकता शिक्षा सम्बन्धि प्रदेश स्तरिय सरोकारवालाहरुसंग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले वृहत्तर यौनिकता शिक्षा संवेदनशील विषय भएको बताए।
कार्यक्रममा सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले युनेस्कोको गाईडलाईन अनुसार यौनिकता शिक्षालाई विश्व भरका देशहरुमा अनुसन्धान गरि सन २००९ मा शुरुवात गरि लागू गरेको बताए। अौपचारिक र अनौपचारिक माध्यमबाट लिईन्छ र पाठ्यक्रममा आधारित हुनुपर्छ। यौनिकता शिक्षा अन्यभन्दा फराकिलो र रुपान्तरणिय छ। विश्वभरमा यौनिकता ब्रह्मचर्यमा आधारित र वृहत्तर गरि दुई प्रकारका छन। किशोरकिशोरीहरुमा उमेर पुगेपछि यौन सम्पर्क गर्ने, लागू अौषधको प्रयोगमा कमी आएको र स्वास्थ सेवाको प्रेषण संख्या वृद्धि भएको, लैगिक हिसा, लान्छना र भेदभाव कम भएको अध्ययनबाट देखिएको छ। शिक्षकहरुलाई दिईने तालिमबाट यो धेरै प्रभावकारी हुने भएकाले पनि शिक्षकहरुलाई तालिम दिने अगाडि बढाएको उनले बताए। युएनडिपिको सहयोगमा देशभर १ सय ५ जना तालिम दिनसक्ने शिक्षक तयार गरेको उनले बताए।
कार्यक्रममा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टिकाराम अर्याल, स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका डा पुष्पराज पौडेल, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव शारदा बश्याल, शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख भोज केसीले संवेदनशील विषय भएकाले पनि यसलाई वृहत्तर रुपमा लैजाने योजनासहित सरकार लागेको बताए।
युएनएफ पिएका प्रदेश संयोजक राम थापाले प्रदेशमा भैरहेका प्रयासहरुका बारेमा जानकारी दिदै जातिय र संस्कारगत रुपमा केही कठिनाई रहेको बताए। युवाहरुमा यौनको विषयमा ज्ञानको अभाव हुदा समाजमा घटनाहरु देखिदै आएको उनले बताए। घरपरिवारको बाध्यता, संस्कारका कारण पनि युवाहरुमा धेरै किसिमका स्वस्थ्य जटिलताको समस्या झेल्नुपरेको उनले दुखेसो गरे। यौन तथा प्रजनन स्वस्थ्य, युवा तथा किशोरकिशोरीमा नेतृत्व विकासलाई समेत जोडेको उनले बताए। लुम्बिनी प्रदेशमा ५५ हजार बढी विद्यालय बाहिर रहेको तथ्याकमा देखिएको छ।

 
 
  
 

You may also like