तिलोत्तमामा १५ औ रेबिज बिरुद्धको साप्ताहिक खोप कार्यक्रमको शुरुवात

by समतल अनलाइन

तिलोत्तमा। नगरभित्रका घरपालुवा र छोडुवा कुकुरहरुलाई निशुल्क खोप सेवा दिदै तिलोत्तमामा १५ औ रेबिज बिरुद्धको साप्ताहिक खोप कार्यक्रमको आज शुरुवात गरिएको छ। तिलोत्तमा पशु सेवा केन्द्रको आयोजनामा “रेबिज : तथ्य बुझौ त्रसित नहौ” भन्ने नाराका साथ १५ औं विश्व रेबिज बिरुद्धको सप्ताहव्यापी रुपमा मंगलबार समुद्घाटन कार्यक्रम गरिएको हो।पशु पन्छी तथा मत्स्य बिकाश निर्देशानालय अल केयर नेपालको संयोजनमा शुरु सो कार्यक्रममा रेबिज बिरुद्धको चेतना संगै खोप कार्यक्रमलाई अगाडी बढाइने छ।

पशु पन्छी तथा मत्स्य बिकाश निर्देशानालयका का प्रमुख डा प्रवेज आलमको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको प्रमुख आथित्यतामा रेबिज रोगको इतिहास, जैविक र संक्रमण प्रकृया, बैज्ञानिक तथ्यहरु, लगायत जनस्वास्थ्यका बिभिन्न पक्षहरुमा जानकारी सहित दिइएको पशु सेवा केन्द्र तिलोत्तमाका प्रमुख राजु कुवरले जानकारी दिनुभएको छ। सप्ताहरुपी कार्यक्रममा बिषेशत: छोडुवा कुकुर र घरपालुवा गरि धेरै संख्यामा रेबिज बिरुद्धको खोप लगाइने जानकारी दिदै शाखा प्रमुख कुवरले रेबिज रोग कुकुर बिरालो बाहेक चमेरोबाट पनि सर्ने तथ्यहरु रहेकोले रोग बिरुद्ध खोप लगाए्र मात्र नभई अन्य सुरक्षात्मक उपायहरु अबलम्बन गर्न समेत आग्रह गर्नुभएको छ।

अमेरिकामा पहिलो पल्ट देखिएको रेबिज रोग विश्वका सबै देशहरुमा चुनौतीको विषय बन्दै गईरहेकोले रेबिज रोग बिरुद्ध खोप तथा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न प्रत्येक वर्ष साप्ताहिक रुपमा नगरपालिकाले खोप कार्यक्रम गरि मनाईने गरेको र रेबिजका बिरुद्ध घर पालुवा तथा जंगली जनाबरहरुबाट सबै नागरिक सचेत रहनुपर्ने बताउदै प्रमुख अथिति बासुदेव घिमिरेले नागरिक सुसूचित एवं सुरक्षित रहन आवश्यक रहेको धारणा राख्नुभयो । नगरप्रमुख घिमिरेले सप्ताहरुपी कार्यक्रमको शुरुवात कार्यक्रम उद्घाटन गर्दै घरपालुवा जनाबर, रेबिज रोग सार्न सक्ने जनावर, रोगको अवस्था र लक्षणहरु तथा यस रोगका बारेमा संबेदनशिल भएर जानकारी राख्नुपर्ने भन्दै जोखिमपूर्ण रेबिज रोग सम्बन्धि कुनै समस्या आए यथाशिघ्र भेटेरिनरी अस्पतालहरुमा सम्पर्क राख्न पनि अनुरोध समेत गर्नुभयो।

सो कार्यक्रममा बोल्दै पशु पन्छी तथा मत्स्य बिकाश निर्देशानालयकाका प्रमुख डा. प्रवेज आलमले ६० प्रतिशत पशुका रोगहरु मान्छेलाई सर्ने, ७५ प्रतिशत रोगका श्रोत पशु रहेको र व्यापार तथा राष्ट्रिय अन्र्तराष्ट्रिय यात्राबाट सर्ने भएकोले नेपालमा रहेका ५९ प्रकारका जुनोटिक रोगहरु खतरनाक बिषाणुबाट सर्ने संभावना रहेकोले यस्ता रोगहरु निम्तिने पशुपालनबाट आम सर्वसाधारण सचेत रहनुपर्ने बताउनुभयो। सो कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर-२ का अध्यक्ष दधिराम गौतम, एनएलएसआइपीका डा.गान्धिराज उपाध्याय, भेटेरिनरि अस्पताल तथा पशु बिज्ञ केन्द्र भैरहवाका डा.उत्तम आचार्य , नेपाल भेटेरिनरि एसोसिएसनका अध्यक्ष डा बसन्त लगायतले बोल्दै रेबिज बिरुद्ध समाजमा त्रसित नभई सचेतना आवश्यक भएको बताउनु भयो।

तिलोत्तमा पशु शाखा केन्द्रका प्रमुख राजु कुवरको स्वागत मन्तब्य बात शुरु भएको सो कार्यक्रमको संचालन शाखाका सुक बहादुर नेपालीले गर्नुभएको हो। शाखा अन्तर्गत यो सप्ताहव्यापी कार्यक्रममा तिलोत्तमाका १७ वटै वार्डमा छाडा छोडिएका , सामुदायिक तथा घरपालुवा गरि सबै कुकुरलाई रेबिज बिरुद्धको खोप लगाइने तिलोत्तमा नगरपालिकाले जानकारी दिएको छ। सप्तहाब्यापी खोप कार्यक्रममा शाखाका नायब पशु प्राबिधिकहरु महेस गौतम, गोबिन्द खनाल, त्रिबिक्रम न्यौपाने, राजु कुवरको सहजीकरण रहने छ। वडा नम्बर-२ मा रहेको पशु सेवा केन्द्रले अन्य वडाहरुमा र गाउँस्तरमा खोप कार्यक्रम संचालन गर्ने गरि तालिका समेत सार्बजनिक गरेको छ।

 
 
  
 

You may also like