रोयल सोसेल एण्ड स्पोर्ट्स क्लवद्वारा ३७ युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल । रुपन्देही जिल्लामा दर्ता भई अग्रणी भुमिका निर्वाह गर्दै आएको रोयल सोसेल एण्ड स्पोर्ट्स क्लवले सोमवार  रक्तदान कार्यक्रम गरेको छ। उक्त रक्तदान कार्यक्रममा संस्थाले ३७ युनिट रगत संकलन गरेको छ ।

बुटवल  तिनकुनेमा सस्थाले रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष समीर आचार्यको अध्यक्षता , सस्थाका प्रमुख सल्लाहकार , रोटरियन राजेन्द्र ढकाल को प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा विशिष्ट अतिथी सन्तोष सिंह र अथिति संस्थापक अध्यक्ष निरज बन्जाडेको उपस्थितिमा रहेको थियो ।

संस्थाले  क्रियाकलाप अत्यन्तै राम्रा भएको बताउदै प्रमुख अतिथि राजेन्द्र ढकालले रक्तदान कार्यक्रम को लागि धन्यवाद प्रकट गर्दै आगामी दिनको लागि आफ्नो क्षेत्रबाट गर्ने सम्पुर्ण सहयोग गर्ने बताउनु भएको थियो । संस्थाका  सचीव तथा कार्यक्रम संयोजक गौरब रेग्मीको संचालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like