कांग्रेस नगर चुनाव : तिलोत्तमामा : हरिलाल पाण्डे विजयी

by समतल अनलाइन

बुटवल। नेपाली कांग्रेसको नगरको चुनावमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सभापतिमा हरिलाल पाण्डे विजयी भएका छन् । उनले अर्का प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराएका हुन् ।

उनको नेतृत्वमा सम्पूर्ण प्यानलले नै विजयी हात पारेको  छ । जसमा र उप-सभापतिमा कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा, सह-सचिवमा रमेश पराजुली र दिपक थापा विजयी भएका छन्।

रूपन्देहीको तिलाेत्तमा नगरमा प्राप्त मतको विवरण
सभापति

हरिलाल पाण्डे -१७४
नारायण न्यौपाने – १७२
हरि तिवारी- ३०

उपसभापति
कल्याण पौडेल – 238
माया चौधरी – 207
मदु सुधन गैरे – 148

अशोक कुमार क्षेत्री – 143

सचिव
प्रदिप थापा -208
हुमलाल पौडेल-178
सोभा थापा – 174
प्रकाश गैरे- 149

सहसचिव
दिनेश कुवर- 135
दिपक थापा -238
केसरी उपाध्याय-114
रमेश पराजुलि -240

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८, २१:१५:००
Shine Inner

 
 
  
 

You may also like