काङ्ग्रेस नगर महाधिवेसन: रुपन्देहीका नेपाली काग्रेस पार्टीको आधिकारिक उम्मेद्वार भएको केसीको दाबी

by समतल अनलाइन

बुटवल।नेपाली काग्रेस पार्टीको ९ गते सम्पन्न हुन गैरहेको १४ औ महाधिवेसन अन्तरगत बुटवल उपमहानगरपालिकामा रिता केसीले आफू पार्टीको आधिकारीक उम्मेदबार भएको दाबी गरेकी छिन । नेपाली काग्रेस पार्टीका सभापति तथा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्यानलबाट उनले उम्मेदबारी दिएकी छिन । काग्रेस पार्टीको संगठनलाई बलियो बनाउने लक्ष्यसहित उम्मेद्वार बनेको उनको दाबी छ । नेपाली काग्रेसमा संगठन कमजोर हुदा यसअघिका निर्वाचनमा पार्टी पछि परेको गुनासो सुनिएको भन्दै यो समस्यालाई समाधान गर्न पनि अब आफु लाग्ने बताईन । रुपन्देहीका १६ स्थानीय तहमध्ये एउटा मात्र पालिकामा आफू नेतृत्व लिन ईच्छुक भएको उनले बताए । अन्तिम समयसम्म सहमतिका लागि तयार रहेको भन्दै उनले सभापति नछोड्ने बताईन । जिल्ला सभापति अब्दुल रजाक उपस्थितमा नै घोषणा सभा गरिएकाले पनि आफु आधिकारीक उम्मेबार भएको उनले बताईन । रुपन्देहीका अधिकास सामाजिक संघसस्थाहरुमा योगदान दिदै आएकी उनि मुक्ति एफ एम, राज्य टिभि, लुम्बिनी टिभि, साधना महिला विद्यालय धेरै संघसंस्थाहरुमा आवद्ध छि३न । केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेबारी घोषणा गरेका छन ।
यता उनको बिरुद्ध खेलराज पाण्डे नै पुन सभापतिमा उम्मेदबारी दिने घोषणा भएको छ । पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनालको उम्मेदवारी घोषणा भएको छ । नगरमा १९ वडाबाट ५ सय ६८ जना क्षेत्रिय प्रतिनिधिहरु निर्वाचनमा भाग लिदैछन ।

 
 
  
 

You may also like