रोटरीद्धारा चिल्ड्रेन पार्क सफाई

by समतल अनलाइन

बुटवल।रोटरी क्लब अफ डाउन टाउनको अगुवाईमा रोट्याक्ट क्लब अफ बुटवल रामापिथेकस, बुटवल डाउनटाउन, बुटवल सिनर्जीका युवाहरु र नेपाली सेनाको श्री नं २२ बाहिनी आ योगिकुटीका सेनाहरुले आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालस्थित चिल्ड्रेन पार्क सरसफाई गरेको छ । कार्यक्रमको रोटरी ईन्टरनेश्नल जोन २३ का एजी डा. नारायण प्रसाद पन्थले औपचारिक रुपमा उद्घाटन गर्दै सामाजिक क्षेत्रमा रोटरीको महत्त्वपूर्ण योगदान रहेको बताए ।
क्लबका अध्यक्ष जबिन कक्षपतिले मानविय सेवा भावनाका साथ स्थापना भएको रोटरीको मुलमर्म अनुसार नै निरन्तर कार्यक्रम गरिएको बताए । पुर्व अध्यक्षहरुबाट गरिएका नमुना कामहरुलाई आत्मसात गर्दै निरन्तरता दिदै आएको उनले बताए ।
कार्यक्रममा जोन २१ एजी जीवन अधिकारी, रोटरी डिष्ट्रिक पोलियो चेयर राजेन्द्र ढकाल, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, पंकज ज्ञवाली, रामेपिथेकसका अध्यक्ष विजय कार्किले मानिसमा सामाजिक विकास महत्वपूर्ण भएको बताए ।
नेपाली सेनाको श्री नं २२ बाहिनी आ योगिकुटी ब्यारेकका मेजर झपेन्द्र चौधरीको नेतृत्वमा आएको सेनाको सहयोगमा कार्यक्रम गरिएको हो । सन २००३ मा अध्यक्ष ध्रव तुलाचनको कार्यकालमा चिल्ड्रेन पार्क स्थापना गरिएको थियो । करीब १ विगाहा क्षेत्रफलमा अस्पतालमा उपचारमा आउने बालबालिकाहरुलाई भुलाउने गरि पिङ, फुलबारी गार्डेन लगायत पुर्वाधार निर्माण गरिएको थियो ।

 
 
  
 

You may also like