कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकार विस्तार र महाधिवेशन मुख्य एजेण्डा

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज (बिहीबार) पनि बस्दै छ ।
दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिए । बैठकमा विशेष गरी मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल हुने उनले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबण्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको एक नेताले जानकारी दिए । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए ।

 
 
  
 

You may also like