भेरी अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु

by समतल अनलाइन

बाँके । कोरोना संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन् ।

गत भदौं ५ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको एक महिनासम्म उपचार थालिएको थियो ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि आज (बिहीबार) बिहान ४ बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले बताए । योसँगै कोरोना संक्रमणबाट बाँकेका ३३३ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४१५ जनाको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like