ओलीको मुद्दामा सर्वोच्चले माग्यो निर्वाचन आयोगसँग नेकपा (एस) दल दर्ताको निर्णय

by समतल अनलाइन

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको छ ।

आज (मंगलबार) न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।
एमालेले कारबाही गरेका १४ सांसदको मुद्दामा भएन अन्तरिम आदेश
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेको १४ जना संघीय र दुई प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दाको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएको हो । ती मुद्दाका विपक्षी निर्वाचन आयोग, सभामुखलगायतले गरेका निर्णयका सक्कल फाइल झिकाउन भने आदेश दिएको छ ।

 
 
  
 

You may also like