तक्मा बाँडेकामा भीम रावल असन्तुष्ट, यसरी गरे सरकारको आलोचना

by समतल अनलाइन

काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबन्डा गर्न थालिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएको देशमा अब राज्यले दिने तक्मामा समेत भागबण्डा हुन थालेको नेता रावलको टिप्पणी छ । ‘यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो,’ सोमबार राति रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निर्णयकर्ता हो, देश र जनताप्रति थोरै भए पनि जिम्मेवार होऊ र लोकलाज तथा नैतिकताको ख्याल गर !’

संविधान दिवसका अवसरमा यही असोज ३ गते सरकारले ९०३ जनलाई विभिन्न मानपदवी, अंलंकार र विभूषणले ९०३ जनालाई सम्मान गरेको छ । यो राजनीतिक निकटताका आधारमा प्रदान गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कतिपय पत्रकारले त यसप्रति असहमति जनाउँदै आफूलाई प्राप्त पदक समेत अस्वीकार गरेका छन् ।

 
 
  
 

You may also like