नमस्ते नेपालद्वारा संविधान दिवसको अवसरमा दिप प्रज्वलन

by समतल अनलाइन

बुटवल । नमस्ते नेपालद्वारा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ। ७ औं संविधान दिवसको अवसरमा तिलोत्तमा -४ ड्राइभरटोलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन खरेल को अध्यक्षता, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेब घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा ने.वि.संघका केन्द्रीय उपसभापति मुक्ती राज पौडेल, ड्राइभर टोल प्रहरी इन्चार्ज कृष्ण बेलबासे र तिलोत्तमा ९०४ का अध्यक्ष दिवाकर ढकालको आतिथ्यता रहेको थियो भने संस्थाका सचिव निराजन खरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष सुशील सुबेदिले राखेका थिए । त्यस्तै, कार्यक्रममा सभापती, प्रमुख अतिथी, अतिथिहरुले सम्बिधानको सन्दर्भ सहित देशको राजनिति परिबेशको चर्चा गरेका थिए ।

त्यसैगरी कार्यक्रममा संस्थाका सदस्य प्रशान्त ज्ञवालीले मन्तव्य सहितको कविता राखेका थिए ।

 
 
  
 

You may also like