आइसिसी विश्वकप लिग-२: नेपालद्वारा ओमानलाई पराजित

by समतल अनलाइन

काठमाडौ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।
आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।

लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो।

आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा गर्‍यो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे।

ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए।

ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे। आसिफले ४४ बलमा ७ चौका प्रहार गरे।

रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे।

 
 
  
 

You may also like