राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीको स्वागत

by समतल अनलाइन

काठमाडौं । २ दिने राजकीय भ्रमणअन्तर्गत नेपाल आइपुगेको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

सीलाई राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् ।

चिनियाँ सी अपराह्न ४ बजेर १५ मिनेटतिर चाइना एयरको विशेष विमानमार्फत काठमाडौं उत्रिएका थिए ।

राष्ट्रपति सीले शनिबारै समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

 
 
  
 

You may also like