१,५५८ मा कोरोना संक्रमण, १,३५१ जना निको, १० को मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १,३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

 
 
  
 

You may also like