नागरिकता दिलाई दिन माग गर्दै मुख्यमन्त्री केसीलाई ज्ञापन पत्र

by समतल अनलाइन

बुटवल।नेपाली नागरिक भएर पनि नागरिकता प्राप्त नगरेको भन्दै नेपाली नागरिकता विहिन संघर्ष समिति , नवलपरासीले नागरिकता दिलाई दिन माग गरेको छ ।

बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीलाई नागरिकताबाट बन्चित हुँदाका समस्या सुनाउँदै नागरिकता दिलाइ दिन माग गर्दै ज्ञापन पत्र समेत दिएका छन् ।

नवलपरासी पालिनन्धन गाउँपालिकाकी २२वर्षिय रिमा कोहारले क्याप्पस तहमा अध्ययन गरी रहेको बताउदै उच्च शिक्षाका लागि नागरिकता नबन्दा समस्या भएको सुनाएकी थिइन् । उनले नागरिकाता नहुँदा सरकारी सेवा, रोजगार बाट पनि बन्चित हुन परेको बताइन् ।

त्यस्तै , सोही गाउँपालिकाका युवा संजिव हरिजनले पनि आफ्ना बाबु र आमामा संग नपाली नागरिकता रहेको तर जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएको गुनासो सुनाएका थिए ।

त्यस्तै , उपस्थित सवैले नेपाली आमा बुवाका सन्तानले नै नागरिकता प्राप्त गर्न नसकी शिक्षा , स्वास्थ्य ,रोजगार र मताधीकार लागएतको अधिकारबाट बञ्चित भैरहेको कुराको सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले कानून बमोजिम आफूहरु नागरिकता प्राप्तको लागि योग्य रहेको तर पटक पटक यस विषयमा कुरा उठे पनि राज्यको तर्फबाट कुनै वास्ता नभएको बताए ।

मुख्यमन्त्री कुल प्रसाद केसीले भने नागरिकता दिने विषय केन्द्र सरकारको अधिकार क्षेत्र रहेकोले प्रदेश सरकारले नागरिकता समस्या समाधान गर्न केन्द्र सरकारलाई आग्रह गर्ने बताए ।

प्रदेशका उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले नागरिकता दिलाउनमा आफुले सकारात्मक भुमिका खेल्ने बताए । अब पनि नागरिकता नपाए पिडितहरु संगै आन्दोलनमा जाने मन्त्री शाहीले बताए ।

नवलपरासीमा मात्रै यस्तै नागरिकता नपाउनेहरु झण्डै १ लाख रहेका छन् भने नेपाल भर ९ लाखले नागरिकता पाएका छैनन् ।

 
 
  
 

You may also like