ओमानसँग नेपाल ५ विकेटले पराजित, शुक्रबार अमेरिकाविरुद्ध खेल्ने

by समतल अनलाइन

काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत गए राति भएको खेलमा ओमनले नेपाललाई ५ विकेटले हराएको छ ।
ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने हिजो ओमानसँग ५ विकेटले नै हारेको हो । अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले ३२ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

ओमानको जितमा सुरुवाती ब्याट्सम्यान जतिन्दर सिंहको १०७ रन महत्वपूर्ण रह्यो । नेपालका लागि आरिम शेखले ९० रन जोेडेका थिए । यो हारसँगै नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेट तालिकामा पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ ।

नेपालको ६ खेलबाट ६ अंक भएको छ । शीर्ष स्थानमा रहेको ओमानको ११ खेलबाट १८ अंक भएको छ । श्रृंखलाको तेस्रो खेलमा नेपालले पर्सी (शुक्रबार) अमेरिकासँग खेल्ने छ ।

nbsp;

 
 
  
 

You may also like