काङ्ग्रेस महाधिवेशन : तिलोत्तमा नगर सभापतिमा नारायण न्यौपानेको उम्मेदवारी

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै उप-सभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेद्वार न्यौपानेले आफूले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।

 
 
  
 

You may also like