एमसीसीलाई जसपाको जवाफ– प्रमुख दलहरूबीच सहमति गरेर निर्णय लिन्छौं

by समतल अनलाइन

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी परियोजना ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एसीसी) उपाध्यक्ष फतिमा सुमारले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूलाई भेटेकी छन् । बिहीबार साँझ भएको भेटवार्तामा जसपाले प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल ! प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी’, भट्टराईले लेखेका छन् । भेटवार्तामा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए ।

यसअघि आजै एसीसी उपाध्यक्ष सुमारले प्रतिपक्षी दलक एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता थठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेकी थिइन् ।

नेपालको चार दिने भ्रमणका लागि एमसीसीको उच्च नेतृत्व बिहीबार काठमाडौं आइपुगेको हो । नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । नेपालमा एमसीसीलाई लिएर चौतर्फी विरोध भइरहेका बेला एमसीसीको उच्च नेतृत्व काठमाडौं आएको हो ।

 
 
  
 

You may also like