एमसिसी विरुद्ध नमस्ते नेपालको मोटरसाइकल र्याली

by समतल अनलाइन

बुटवल । राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध मोटरसाइकल–याली सम्पन्न गरेको छ । तिलोत्तमाको शंकरनगरबाट सुरु भएको र्याली योगिकुटी ,कालिकानगर , चौराहा , हस्पिटल लाइन हुँदै बुटवलको ट्राफिक चोकमा गएर कोणसभामा परिणत भएको थियोे ।

कोणसभालाई सम्बोधन गर्दै नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले एमसिसी सम्झौता कार्यान्वयनमा आए देशको राष्ट्रियता र असंलग्न परराष्ट्र नीति सबै ध्वस्त हुने बताए ।भ्रष्टाचारलाई मात्रै रोक्न सके र हाम्रा प्राकृतिक श्रोतसाधनलाइ ठिकसित प्रयोग गरेमा एमसिसीबापत आउने भनिएको ५५ अरब होइन, हजारौँ अरब रुपियाँ हाम्रै देशमा भएको कुरा उनले बताए ।

र्यालिमा र्यालीमा युवाहरूले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए । र्यालिमा सय बढी मोटरसाइकलको सहभागीता रहेका थिए ।

 
 
  
 

You may also like