१,६७७ मा कोरोना संक्रमण, २,०७२ जना निको, २१ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २,०७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ३१० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८७९ पुगेको छ । हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५१४ जना आईसीयूमा रहेका छन् ।

 
 
  
 

You may also like