सांसदलाई देउवाको निर्देशन : एमसीसी देशको हितमा छ, विरोधीले फैलाएको भ्रम चिर्नू

by समतल अनलाइन

काठमाडौं। संसद्का बैठकमा अनिवार्य उपस्थितिका लागि सत्तारुढ कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीव जारी गरेको छ ।
भोलि (बुधबार) बाट शुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरुका नाममा ह्वीप जारी गरिएको हो ।

संसदीय दलको मंगलबार नयाँ बानेश्वरमा बसेको बैठकपछि कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘सबै माननीयहरुलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ । ह्वीप जारी गरिएको छ ।’ संघीय संसद्का दुवै सदनको बैठक बुधबार ४ बजेका लागि आह्वान गरिएको छ । कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गरेको सचेत भुसालले बताइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।

यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’ तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’

एमसीसी, अध्यादेशहरु, विधेयकहरु, सरकारका कामकारबाही र मन्त्रिपरिषद्ले पूर्णता पाउने विषयका साथै भारतीय एसएसबीले तुइन चुँडालेर महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको विषयमा दलको बैठकमा छलफल भएको थियो ।

 
 
  
 

You may also like