एमसीसीविरुद्ध एयरपोर्ट अगाडि प्रदर्शन गर्ने पक्राउ

by समतल अनलाइन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा निर्ग नवीन, मुक्तान थेवे, संघर्ष दाहाल, प्रेम विश्‍वकर्मा, सम्सेर, गोविन्द भण्डारा रहेका छन् ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए।

 
 
  
 

You may also like