रुपन्देहीको तिलोत्तमा युवतीको शंकास्पद हत्या

by समतल अनलाइन

बुटवल।रुपन्देहीको तिलोत्तमामा युवतीको ‘संकास्पद हत्या’ भएको छ । तिलोत्तमा ८ मणिग्राममा चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पाैडेलको भदौ १९ गते राती हत्या गएको युवतीका माइतीले दाबि गरेका छन् ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै मृतक २७ बर्षिय युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताए ।

उनका ज्वाइ ४३ बर्षका टीका पाैडेलले पाल्पामा दरबार रिसाेर्ट संचालन गरेको बताइएको छ । हरिप्रसादले ज्वाइ टीकाको परिवारले योजनाबद्ध हत्या गरेको आराेप लगाए ।

१९ गते रातीको घटना माइतिपक्षलाइ २० गते बिहान साढे ५ बजेमात्रै जानकारी दिइएको थियो । ती युवतीले आफैले आत्महत्या गरेको मृतक युवतीका घरपरिवारको दाबि छ ।
माइतिपक्षले सो घटनाबारेमा इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेर दिएपनि उनीहरुको जाहेरी प्रहरीले दर्ता गरेको छैन ।

उनको शब बुटवलको अस्पतालमा पोष्टमार्टम गरिएको छ । तर आफन्तले उनको शब बुझ्न मानेका छैनन । रकमको लेनदेनले गलत पोष्टमार्टम रिर्पाेट दिइएको युवतीका बुबा हरिप्रसाद दाबि गरे । उनीहरुले उचित न्यायका लागि पत्रकार सम्मेलन गरेको बताए ।

 
 
  
 

You may also like