एफ स्किल प्रा।लि नेपालगञ्ज बाँकेको आयोजनामा भएको ४ सय ६० घण्टे फेशन डिजाईनिङ तालिम बुटवलमा सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र बाँकेको सहयोगमा भएको तालिम बैशाख १६ गते देखि सुरु भएको थियो । तालिमको एक कार्यक्रमका बीच सामाजिक विकास मन्त्री सुदर्शन बरालले समापन गरे ।

यस्तै फेसन डिजाईनिङ तालिम पश्चात तालिममा सहभागि विद्यार्थीहरु फेशन सो कार्यक्रम समेत गरेका छन् । सिकेको सिपलाई व्यवहारमा उत्तार्न उनीहरुले फेशन सो कार्यक्रमको आयोजना गरेका हुन । तालिममा २० जना सहभागि भएका थिए ।

कार्यक्रममा प्रा।लिकी अध्यक्ष मनु थापा, जेन्टील गौतम, टिकारम अर्र्याल लगाएले शुभकामना मन्तव्य समेत राखेका थिए । कार्यक्रम विद्यार्थी राधिका घिमिरे काफ्लेको स्वागत तथा पत्रकार सुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like