अर्घाखाँचीमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते

by समतल अनलाइन

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनी बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनीबस बिहान ५ बजेतिर वडा नम्बर–३ ठाडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा भुमिकास्थान–९ ढिकुराका सञ्जय बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना गम्भीर छन् । ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दिप वेल्वासेले जानकारी दिए । बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 
 
  
 

You may also like