पर्वतमा पहिरो : पाँचको मृत्यु, तीन जना बेपत्ता

by समतल अनलाइन

पर्वत। पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।
लगातारको भारी वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकोमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन जना वेपत्ता रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठूलीमाया थापाको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 
 
  
 

You may also like