दार्चुला घटना छानबिन समितिको निष्कर्ष : एसएसबीको संलग्नता पुष्टि

by समतल अनलाइन

काठमाडाैं। दार्चुला घटना छानबिन समितिले भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको निष्कर्ष निकालेको छ ।
समितिले मंगलबार उक्त घटनाबारे बुझाएको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीकै उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारिस गरेको छ ।

यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिको सिफारिस छ । आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

दार्चुलाको ब्याँस गाउँपालिका २ खाङदाङ मालका जयसिंह धामी सोही गाउँपालिकास्थित मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए । तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका उनी अझै फेला परेका छैनन् ।

साउन १५ गते भएको घटना छानबिनका लागि गृह मन्त्रालयले १७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले मंगलबार प्रतिवेदन बुझाएको हो ।

You may also like