२०७८ भदौं १२ गते शनिबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरायसी समस्या बढ्ने छ । लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्ने छ र मनमा शान्ति छाउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विचार परिवर्तन भै परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । अधुरा कामहरू पुरा हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखी पूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभव बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । मनपर्ने स्वादिष्ट भोजन पनि पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला र शिक्षामा वाधा आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आश मारेको काम बन्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पनि पिरोल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सन्तान सुख पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक कार्य सफल रहने छन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like