आयोगलाई झलनाथको पत्र : माधव नेपालकै पार्टीको हुँ, दिल्लीबाटै सनाखत गर्न पाऊ

by समतल अनलाइन

काठमाडौं। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गर्न मिल्ने व्यवस्था मिलाई दिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आयोगले दल दर्ताका लागि भोलि (बुधबार) केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्दैछ ।

खनालले आफूले नेकपा (एमाले) त्यागेको र एकीकृत समाजवादीमा रहेको जानकारी गराएका छन् । उनी दिल्लीमा उपचाररत रहेकाले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाई दिन आग्रह गर्दैै पत्र पठाएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

‘म नेकपा (एकृकीत समाजवादी) पार्टीमा छु । म दिल्लीमा उपचारत रहेकाले नेपाली राजदूतावास दिल्लीबाट नै उक्त पार्टीमा सनाखत गरी पाऊँ भन्ने पत्र आएको छ’, उनले भने । त्यसबारे निर्णय भई नसकेको अधिकारीले बताएका छन् ।

 

 
 
  
 

You may also like