सरकारी वकील कार्यालय पश्चिम नवलपरासीले फछ्र्यौट गरेका ८४ प्रतिशत मुद्धा सफल

by समतल अनलाइन

पीडितको न्यायका लागि सशक्त बहस पैरवी र प्रतिरक्षा गरेका छौं– जिल्ला न्यायधिबक्ता सिंजाली
भरत प्रधान
नवलपरासी। जिल्ला सरकारी वकील कार्यालय पश्चिम नवलपरासीले आर्थिक बर्ष ०७७÷०७८ मा फछ्र्यौट गरेका ८४ प्रतिशत मुद्धा सफल भएका छन् । कार्यालयको आ.ब. ०७७÷०७८ को बार्षिक प्रतिवेदन अनुसार जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र अन्य निकाय तर्फका सरकारवादी मुद्धामा फछ्र्यौट भएका ८४ प्रतिशत मुद्धा सफल भएको हो । कार्यालयले आ.ब. ०७७÷०७८ मा कुल २ सय ४५ थान मुद्धा फछ्र्यौट गर्दा मुद्धाको सफलता दर ८४ प्रतिशत रहेकोे प्रतिवेदनमा उल्लेख छ ।
कार्यालयले आ.ब. ०७७÷०७८ मा बहस पैरवी र प्रतिरक्षा गरेका कुल ६ सय ८३ थान मुद्धा मध्ये फछ्र्यौट भएका २ सय ४५ थान मुद्धामा ८४ प्रतिशत मुद्धा सफल भएको जिल्ला सरकारी वकील कार्यालय पश्चिम नवलपरासीका जिल्ला न्यायधिबक्ता चन्द्र बहादुर सिंजालीले जानकारी दिनुभयो । कार्यालयले बहस, पैरवी र प्रतिरक्षा गरेका बांकी ४ सय ३८ थान मुद्दा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेको जिल्ला न्यायधिबक्ता सिंजालीले बताउनुभयो । प्रतिवेदन अनुसार जिल्ला प्रशासन कार्यालय तर्फ बहस, पैरवी र प्रतिरक्षा गरिएका मुद्दाको संख्या २ सय ४३ रहेका छन् । जसमा ६० थान मुद्धा फछ्र्यौट भएका छन् भने बांकी १ सय ८३ थान मुद्दा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेका छन् । यस्तै कार्यालयले जिल्ला अदालत तर्फका ३ सय ६८ थान मुद्धाको बहस पैरवी र प्रतिरक्षा गरेको छ । जसमा १ सय ८१ थान मुद्धा फछ्र्यौट भएका छन् भने बांकी १ सय ८७ थान मुद्दा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेको कार्यालयले जनाएको छ । यस्तै अन्य न्यायिक तथा अर्धन्यायिक निकाय तर्फ ७२ थान मुद्धाको बहस पैरवी र प्रतिरक्षा गरिएको छ । जसमा ४ मुद्धा फछ्र्यौट भई बांकी ६८ थान मुद्धा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेको सिंजालीले बताउनुभयो ।
कार्यालयले आ.ब. ०७७÷०७८ मा फछ्र्यौट गरेका कर्तब्य ज्यान, लागुऔषध सेवन तथा ओसारपसार, जबरजस्ती करणी, बहुविवाह, कुटपीट, अपहरण तथा शरीर बन्धक, चोरी तथा लुटपाट, हात हतियार तथा खरखजना, किर्ते जालसाझी तथा ठगी, वन पैदावर, अभद्र ब्यबहार, बैकीगं कसुर, सवारी ज्यान, आत्महत्या लगायतका मुद्धामा ८४ प्रतिशत मुद्धा सफल भएको जिल्ला न्यायधिबक्ता चन्द्र बहादुर सिंजालीले बताउनुभयो । जिल्ला न्यायधिवक्ता सिंजालीका अनुसार कार्यालयले आ.ब. ०७७÷०७८ मा धेरै संख्यामा बहस पैरवी र फछ्र्यौट गरेको मुद्धामा लागुऔषध ओसापसार तथा बिक्री बितरण कसुर रहेको छ । जसमा आगुऔषध ओसारपसार तथा बिक्री बितरण मुद्धाको फछ्र्यौट संख्या ३९ रहेको छ । यस्तै कार्यालयले धेरै बहस र फछ्र्यौट गरेका अन्य मुद्धाहरुमा ज्यान मुद्धा ३४, जबजस्ती करणी मुद्धा २७ र चोरी तथा लुटपाट मुद्धा २२ थान रहेका छन् । सिंजालीका अनुसार कार्यालयको तर्फबाट गरिएका मुद्धाको बहस, पैरवी र प्रतिरक्षा दर बढी भएपनि मुद्धाको फछ्र्यौट दर भने कम रहेको छ । अदालतले तोकेको समयमा साक्षीहरु उपस्थित नहुने, शुरुवाती प्रकृयामा हो भनि बयान दिएका साक्षीले पछि गएर होईन भनि बयान दिने, झिनो सबुद र प्रमाणका आधारमा मुद्धाको बहस, पैरवी र प्रतिरक्षा गर्नुपर्ने कारणले गर्दा मुद्धाको फछ्र्यौटमा ढिलाई र फछ्र्यौट संख्या कम हुने गरेको सिंजालीको भनाई छ । कार्यालयले कुनै पनि नागरिक माथी हुने अपराधमा पीडितका पक्षमा मुद्धा चलाउने, पीडितको पक्षमा वकालत गर्ने, पीडितको न्यायको लागि अदालत धाउने र पीडितलाई न्याय दिलाउन हरसम्भव प्रयास गर्ने सिंजालीले बताउनुभयो । “हामीले सरकारी वकीलको हैसियतले पीडितको न्यायका लागि सशक्त बहस, पैरवी र प्रतिरक्षा गरेका छौं ।, ‘पीडितलाई न्याय दिलाउन कुनै कसुर बाँकी राखेका छैनौ’– सिंजालीले भन्नुभयो ।”
कार्यालयले अपराधको अनुसन्धान, अभियोजन र न्याय निरुपणमा सरकारी वकीलको भूमिकालाई प्रभावकारी वनाउन नवलपरासी जिल्ला अदालतसंग छलफल, अन्र्तक्रिया र सहकार्य गर्दै आएको सिंजालीले बताउनुभयो । यस्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सरकारी निकाय तथा स्थानीय समुदायसंग समेत छलफल तथा अन्र्तक्रिया गरिएको उहांको भनाई छ । सरकारी वकीलको संगठन संरचना र सरकारी वकील कार्यालयले सम्पादन गर्ने काम कारवाहीका बारेमा समुदायलाई जानकारी गराउने उद्धेश्यले कार्यालयले जिल्लाका बिभिन्न स्थानमा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थाको बारेमा सचेतना, छलफल र अन्र्तक्रिया समेत गरेको सिंजालीले बताउनुभयो । कार्यालयले घरेलु हिंसा भएमा के कसरी कानुनी उपचार प्राप्त गर्न सकिन्छ, अपराधको उजुरी, दर्ता र अनुसन्धानको कार्यविधी के कसरी हुन्छ, अपराधको सत्यतथ्य खोजमा आम नागरिकको कस्तो भूमिका रहन्छ, मुद्दाको सफल र असफलतामा कस्को कस्तो भूमिका रहन सक्छ, सरकारी वकीलको संगठन संरचना कस्तो हुन्छ र सरकारी वकीलले के कस्तो कार्य सम्पादन गर्दछ भन्ने विषयमा समेत जानकारी दिने गरिएको उहांले बताउनुभयो । सिंजालीका अनुसार सरकारीवादी फौजदारी मुद्दा भनेको के हो, त्यसको अनुसन्धान, अभियोजन कस्ले गर्छ र उक्त कार्यमा समुदायको के कस्तो भुमिका रहनु पर्छ भन्ने सम्वन्धमा समेत स्थानीयलाई जानकारी दिने गरिएको छ ।
कार्यालयले मुद्धा मामिला मात्र नभएर सिर्जनात्मक र रचनात्मक काम समेत गरेको छ । कार्यालयले आफ्ना कर्मचारीका लागि साताको एक दिन शुक्रबारीय पोशाकको रुपमा नयां पोशाकको समेत ब्यबस्था गरेको छ । महान्यायधिवक्ताको कार्यालयको तेश्रो पञ्चवर्षीय रणनीतिक योजनाले तय गरेको परिदृष्य र परिलक्ष्य अनुरुप कार्यालयमा कार्यरत कर्मचारीहरुको सामूहिक छलफलले हरेक शुक्रवारका दिन कार्यालयको छुट्टै पहिचान हुने गरी लोगो अंकित एकै रङको पोशाक लगाउने निर्णय गरिएको जिल्ला न्यायधिबक्ता सिंजालीले बताउनुभयो । उहांका अनुसार गत श्रावण १५ गतेका दिन उच्च सरकारी वकील कार्यालय‚ बुटवलका सहन्यायधिवक्ता मोहनसागर बस्यालको बिशेष उपस्थितीमा कर्मचारीहरुलाई उक्त पोशाक बितरण गरिएको हो । शुक्रवारका दिन पनि सेवाग्राहीले कर्मचारीलाई सहजै पहिचान गर्न सक्ने, कर्मचारीहरुमा उत्प्रेरणा जगाउने र थप अनुशासित वनाउने उद्धेश्यले कार्यालयको नारा र लोगो अंकित छुट्टै पोशाकको व्यवस्था गरिएको हो – सिंजालीले भन्नुभयो ।” कार्यालय परिसरलाई हरियाली र वातावरणमैत्री वनाउने उद्धेश्य अनुरुप कार्यालय परिसरमा वृक्षारोपण समेत गरिएको जिल्ला न्यायधिवक्ता सिंजालीले जानकारी दिनुभयो । आगामी ५ वर्ष भित्र कार्यालय परिसरलाई हरियाली र वातावरण मैत्री बनाउने योजना र लक्ष्यका साथ कार्यालय परिसरमा लिची, एभोकाडो, आँप, ड्रागन, स्याउ, अनार लगायतका फल तथा बिभिन्न फूलका बिरुवा रोपिएको उहांले बताउनुभयो । कर्मचारीहरुको खेलकुद तथा मनोरञ्जनको लागि कार्यालय परिसरमा रहेको खाली जमिनलाई सरसफाई गरि खेलमैदान समेत निर्माण गरिएको सिंजालीले बताउनुभयो । उहांका अनुसार कार्यालय परिसरमा ब्यबस्थित व्याडमिन्टन कोर्टको निर्माण गरिएको छ । खेदकुदको माध्यमबाट कर्मचारीहरुको बोझ र तनावलाई कम गर्ने तथा शारीरिक र मानसिक रुपमा कर्मचारीहरुको मनोबल उच्च राख्ने उद्धेश्य अनुरुप खेलमैदान निर्माण गरिएको सिंजालीले बताउनुभयो । यस्तै कार्यालयको सुरक्षालाई ध्यानमा राखेर कार्यालयमा हालै मात्र ८ वटा सिसिटिभी क्यामेरा समेत जडान गरिएको उहांले बताउनुभयो । “परिवर्तन अरुबाट होईन, आँफैबाट गर्नुपर्छ भन्ने भावनाका साथ कर्मचारीहरुमा काम गर्ने जोश जाँगर, उत्साह र उत्प्रेरणा जगाउने उद्धेश्यले बृक्षारोपण, खेलकूद, शुक्रबारीय पोशाक जस्ता अतिरिक्त क्रियाकलापाई समेत प्राथमिकता दिएका हौँ,– सिंजालीले भन्नुभयो ।”
कार्यालयको दैनिक काम बाहेकका अतिरिक्त क्रियाकलापले कर्मचारीहरुमा आपसी सद्भाव, सहकार्य र सामूहिक भावनाको बिकास हुनुका साथै कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव परेको सहायक जिल्ला न्यायधिबक्ता गोकर्णराज घिमिरेले बताउनुभयो । यस्ता खालका अतिरिक्त गतिविधीले बिगतको तुलनामा कार्यालयको कार्यसम्पादनमा समेत ब्यापक सुधार आएको घिमिरेले बताउनुभयो । कार्यालयले जुनसुकै मुद्धामामिला भएपनि कुनैपनि नागरिक माथी हु्ने अपराधमा सर्वसाधारण नागरिकको सहजताका लागि कानुनी उपचार, अपराधको उजुरी, दर्ता, मुुद्धाको प्रकृया र कार्यबिधीका बारेमा जानकारी दिने तथा सरकारी वकीलका रुपमा समन्वयकारी भूमिकाको निर्वाह गर्ने उहांले बताउनुभयो ।
सरकारी वकील हौं भनेर गर्वका साथ काम गर्ने र समुदायसंग सरकारी वकील कार्यक्रमलाई बिशेष प्राथमिकता दिने योजनाका साथ कार्यालयले काम गरेको जिल्ला न्यायधिबक्ता सिंजालीले बताउनुभयो । यसअघि अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत रहेका सिंजाली गत २०७७ मंसिरमा जिल्ला न्यायधिबक्ताका रुपमा जिल्ला सरकारी वकील कार्यालय पश्चिम नवलपरासी आउनुभएको हो । कार्यालयमा न्यायधिबक्ता सिंजाली सहित हाल ९ जना कर्मचारी कार्यरत रहेका छन् ।

 
 
  
 

You may also like