२०७८ भदौं ८ गते मंगलबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कार्यको थालनी होला । जोश, जाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनोरञ्जनमा सहभागी भइएला । मान प्रतिष्ठामा वृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । व्यवसायबाट लाभ मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने र बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धार्मिक कार्यमा रुचि बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा पनि चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । बन्धु बान्धव तथा विशिष्ट व्यक्तिको सहयोग मिल्ने छ, शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभ समाचार सुन्न पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक ठाउँमा धन खर्च होला । सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ र शुभारम्भको चर्चा चल्ने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । स्वास्थ्यमा सुधार पनि आउला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैसा खर्च हुने योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like