रुपन्देहीमा थपिए ४२ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । रूपन्देहीमा ४२ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १८९ जनामा परिक्षण गर्दा सो  संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै जिल्लामा ४५६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा  ८ जना निको भएका छन् ।

आज थपिएका संक्रमितमध्ये १६ जना बुटवलमा, ३ जना सिद्धार्थ नगरपालिकामा, ८ जना तिलोत्तमामा, ६ जना देवदहमा, ५ जना सैनामैनामा र कञ्चनमा, शुद्धोधन र सम्मरीमाईमा एक-एक जना संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३० हजार ७५ पुगेको छ।

 
 
  
 

You may also like