अजय शाही र विमला वलीलाई संसदले कारवाही गर्न मिल्दैन

by समतल अनलाइन

एमालेको विरोधको कुनै अर्थ छैन ः कानून विद्
बुटवल । लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना २ सांसदलाई पार्टीले कारबाही गरेकोले तत्काल सांसदबाट पदमुक्त गर्न मागगर्दै लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशनको दुई बैठक अवरुद्ध गरिसकेका छन् । अब अर्को बैठक भदौ ७ गते दिउँस १ बजे बस्ने छ ।
सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समुहका अजय शाही र उप चुनावमा नेकपाबाट चुनाव जित्नुभएकी विमला वली खत्रीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेश सभालाई जानकारी गराउन माग गर्दै एमालेका प्रदेश सभा सदस्यहरुले रोष्ट्रम घेराउ गर्दै संसदमा अवरोध सिजर्ना गरेका हुन । तर व्यवहारत स्वतन्त्र सांसद शाही र माओवादी केन्द्रकी वलीलाई कारवाही गर्न नमिल्ने बताउछन् ।

लुम्बिनी प्रदेशका सभामुख पूणर् बहादुर घर्र्तीले अजय शाही र विमला वली खत्रीको विषय जटिल प्रक्रियाको भएकोले आवश्यक अध्ययन गरी मात्र कारवाही प्रकृयामा बढ्न सकिने बताएका छन् ।

नेकपाबाट निर्वाचित अवस्थामा पार्टि विभाजन भएपछि विमला वली खत्रीले दल सदस्यको स्वतन्त्रताको हैसियतले मओवादी केन्द्र रोजेको सार्वजनिक रुपमै बताइसकेकी छिन् ।
अर्को दलको सांसदलाई कुनै अर्को दलले आफ्नो भनेर कारवाही गर्न नमिल्ने माओवादी केन्द्रका प्रमुख सचेत्तक बसन्त घर्तीले बताए ।
भने यता स्वतन्त्र राजनीतिक समुह संग नेकपाको भएको दुई बुधे सहमतिको आधारमा सांसद अजय शाही पनि स्वतन्त्र रहेको दावि गरेका छन् ।
सहमतिको पहिलो बुधामै स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यक्रर्ताहरु आगामी प्रतिनिधि सभा , प्रदेश सभा तथा राष्ट्रिय सभाको निर्वाचनमा सूर्य चिन्ह लिएर सहभागि हुने तर निर्वाचित स्वतन्त्र समूहका सांसदहरुको पहिचान स्वतन्त्रनै हुने उल्लेख रहेको छ ।
यो हिसावले हालका लुम्बिनी प्रदेशका मन्त्री अजय शाहीलाई पनि कारवाही गर्न नमिल्ने संसदीय मामिलाका जानकारहरु बताउछन् ।

कानूनविद् प्रा.डा.बुद्ध बहादुर थापाले अजय शाही हृदेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समुहबाट चुनावमा तत्कालिन नेकपा संग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसावले र सहमतीका बुधाको हिसावले स्वतन्त्र रहेको बताउछन् । शाही स्वतन्त्र हैसियतबाट उठेकोले एमाले संग कुनै नाता र साईनो नभएकाले व्यवहारीक तथा कानूनी हिसावले एमालेले दावि गर्न नमिल्ने थापाले बताए ।
यस्तै , पार्टि विभाजन पछि सांसद वलीले दल रोज्ने अधिकार प्रयोग गर्दा माओवादी केन्द्र रोजिसकेको अवस्थामा एमालेको दावि कानून संवतनै कमजोर रहेको थापाले बताए ।
प्रध्यापक संघका केन्द्रिय अध्यक्ष समेत रहेका डा. थापाले एमालले दूई सांसदलाई कारवाहीको मागगर्दै पटक पटक संसद अवरोध गर्नु कानून संवत उचित नभएको प्रतिकृया दिएका छन् ।
मन्त्री शाहीले स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित भइ आएकोले स्वतन्त्र निर्वाचित प्रदेश सांसदलाई कुनै पार्टी विशेषका ह्वीप नलाग्ने बताईसकेका छन्। शाहीले आफूलाई बिना कारण गैरकानूनी रुपमा कारवाहीको प्रक्रिया अगाडि बढाइएमा न्यायको लागि अदालतको ढोका सम्म पुग्ने बताइसकेका छन्।

 
 
  
 

You may also like