३,२७४ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,९२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ ।

संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।

 
 
  
 

You may also like