फोटोग्राफर संघ रुपन्देहीको रक्तदान , ७० युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल । लुम्बिनी फोटोग्राफर महासंघ रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विश्व फोटोग्राफर दिवसको अवसर पारी गरेको कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ।

बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा लुम्बिनी  फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता , नेपाल स्वयमसेवि रक्तदाता समाजमा अध्यक्ष कृष्ण चौहान क्षेत्रिको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। रक्तदान कार्यसमितिका सदस्यहरुको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

 
 
  
 

You may also like