बुटवल। नँया युवा नँया सोँच नेपाल रुपन्देहीले बुटवलको चौराहा देखि गोलपार्कसम्मको सडक छिटो मर्मत गर्नको लागि भौतिक मन्त्री सहसराम यादव , सडक बिभाग प्रमुख , बुटवल उप-महानगरपालिका उप-प्रमुख गोमादेवी आचार्यलाई ध्यानाकर्षण प्रत्र बुझाएको छ ।
सोमबार नँया युवा नँया सोँचका रुपन्देहीका अध्यक्ष , कोषाध्यक्ष शैलेन्द्र पन्थी र सदस्य बिक्रम खत्रीले कार्यकक्षमा गइ ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ : लुम्विनी प्रदेशको अस्थाई मुकाम, बुटवल उप-महानगर पालीकाको संरक्षणमा रहेको सिद्धार्थ राजमार्ग अन्तरगत चौराहा देखि गोलपार्क सम्म र योगिकुटी देखि पुरानो बसपार्क सम्मको निमार्णअधिन बाटोको अवस्था निकै नै नाजुक भएको कारण बुटवल बासी तथा आगन्तुक पर्यटकहरुले पनी खराब बाटो सास्ती भोग्नु परेको कुरा र सोही कारण दिनहु सोही सडकमा बिभीन्न सडक दुर्घटना घटिरहेको कुरामा ध्यानाकर्षण गराउदै छिटो भन्दा छिटो यो समस्याको समाधान हुन्छ भन्ने बिस्वास को साथ यो ध्यानाकर्षण प्रत्र प्रदान गरीन्छ ।