२,२१२ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,२१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार ८८ जनाको पिअिसार परीक्षण गर्दा १,७९३ र चार हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,८६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ४,२८० भने ७५८ जना आइसियुमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ४१९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 
 
  
 

You may also like