भेज पारखीहरुको लागि मिस्टर कोर्न मणिग्राममा

by समतल अनलाइन

बुटवल । भेज पारखीहरुलाई लक्षित गरि मिस्टर कोर्नको पाचौ शाखा मणिग्राममा खुल्ने तयारी गरेको छ। मकैको स्पेशल आईटमसंगै भेज मिटका विभिन्न परिकार खुवाउने गरि
शाखा खोल्ने भएको हो । भारतिय आर्मिमा सेवा निर्वारत भएका राजन श्रेष्ठ नेपाल फर्किए रेष्टुरेन्ट ब्यवसायमा हात हालेका हुन। गुड डु द भेगन क्राउनको फ्रेन्चाईचि लिएर मिष्टर कर्न संचालन गरेका निश्चल जोशीको सम्पर्कमा आए। उनको सपना पूरा भयो। यस क्षेत्रमा सन्देश दिन रुपमा एउटा उत्कृष्ट रेष्टुरेन्ट चलाउने योजना अनुसार उनी लागे। बुटवलका राजन श्रेष्ठले तिलोत्तमा ५, मणिग्राममा फ्रेन्चाईचि शुरु गरेका छन। यसका लागि उनले घर लिएर ३५ लाख रुपैया लगानी गरेर आकर्षण सजावट गरेका छन। भेज बाईट बर्गर, भेज चिकन टिक्का, भेज सुकुटी साधेको, भेज बाईट छोयला, भेज बाईट करि, भेज चिकन करी, भेज भाईट मम, क्रिस्फि फाईड, बर्गर लगायतका आईटम उपलब्ध हुनेछ । यसैगरि स्विट कर्न चटपटे, कर्न सलाद, कर्न मम, कर्न फ्रिटर, बेकि कर्न चिल्ली लगायत २५ बढि परिकारहरु उपलब्ध हुने उनले बताए । जहाँ आउटलेटमा ६ जना सेवा दिएका छन।
काठमाण्डौ साखु स्थाई घर भएका निश्चल जोशीका पुस्ता बुटवलमा कपडाका व्यापार गर्दे आएका थिए। काठमाण्डुमा ४ वर्षअघि मास्टर फ्रेचाईन्ची गुड डु द भेगन किचन भारतबाट लिएर उनी नया आईटम चखाउन शुरु गरेका छन। योसंगै गुड डु द भेगन किचन र मिष्टर कर्न गरि दुई वटा किचन आईटमहरु छन। यसमा साढे २ करोड खर्च भएको उनले बताए ।
नेपालको मकै उपयोग गर्ने गरि योजना बनाएको उनले बताए। जसका लागि लोकल मकै बारबिक्यु बनाउने उनले बताए। तर नेपाली सबै मकै उपयोगि नहुदा समस्या भएको उनी बताउछन। आउटलेट, फैक्ट्री र अब कृषितिर जाने योजना रहेको उनले बताए। अलि राम्रो उन्नत जातको बीउ ल्याएर किसानमार्फत खेति गर्ने योजना रहेको उनले बताए।

 
 
  
 

You may also like