ब्रिटिस कलेजले व्यबस्थापन गरेको नमस्तेद्वारा बिज्ञान र व्यबस्थापन संकायमा कक्षा ११ को पठनपाठन सुरु

by समतल अनलाइन

बुटवल । ब्रिटिस कलेजले व्यबस्थापन सम्हालेको नमस्ते एकेडेमीमा यहि शैक्षिक सत्रदेखि बिज्ञान र व्यबस्थापन संकायमा कक्षा ११ सुरु हुँदैछ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१४ मा ५ वर्ष अगाडि स्थापना गरिएको नमस्ते एकेडेमीमा यहि शैक्षिक सत्रदेखि दुई संकायमा कक्षा ११ को पठनपाठन सुरु गर्न लागिएको शुक्रबार साझ पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त शैक्षिक संस्था ब्रिटिस एजुकेशन ग्रुपले लगानी सहित नमस्ते एकेडेमीको व्यबस्थापन थालेको हो । ब्रिटिस कलेजका संस्थापक राजन कंडेलले अब नमस्ते पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएको बताउँदै अव नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने जानकारी गराउनु भयो । सन् २००३ मा बेलायतमा सुरु भएको ब्रिटिस एजुकेशन ग्रुपले सन् २०१२ देखि काठमाण्डौको काम गर्दै आएको थियो भने उपत्यका बाहिर यो पहिलो हो ।

ब्रिटिस एजुकेशन ग्रुपको सहलगानी र सहकार्यले नमस्ते एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने बचन र प्रतिवद्धता पुरा गरेको नमस्ते एकेडेमीका अध्यक्ष विष्णुप्रसाद भुसालले बताउनु भयो । नमस्तेको पठनपाठनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनको लागि बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका मार्क बार्थोलोमेउलाई एकेडेमिक डाईरेक्टरमा नियुक्त गरिएको छ । ‘हाम्रो उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गरेर बिद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने हो ।’ एकेडेमिक डाईरेक्टर बार्थोलोमेउले भन्नुभयो–‘हामी ज्ञानसंगै खेलकुद, कला सहितका अन्य अतिरिक्त सुविधाहरु दिएर बिद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्रतिवद्ध छौं ।’
नमस्ते एकेडेमीलाई पश्चिम यसियाकै उत्कृष्ट शैक्षिक संस्था बनाउने योजना सहित आफूहरु आएको बताउँदै यसले शिक्षाका लागि बिदेशिने क्रममा समेत सुधार आउने नमस्तेका सञ्चालकहरुको विश्वास छ ।
त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले नगरपालिका भित्र संस्थागत ४२ र सामुदायिक ४२ गरी ८४ बिद्यालयमध्ये बाँकी ८३ बिद्यालयले नमस्तेको सिको गर्ने वातावरण बनाईसकेको बताउनु भयो । त्यस अवसरमा नमस्ते एकेडेमीबाट एसईई परीक्षामा उतिर्ण भएका बिद्यार्थीलाई सम्मान समेत गरिएको थियो । त्यस अवसरमा नमस्तेका संस्थापक अध्यक्ष डिल्लीनारायण पाण्डेयले स्थापनाकालदेखि हालसम्मका आरोह अवरोहको बारेमा जानकारी गराउनु भएको थियो ।

 
 
  
 

You may also like