झण्डै ५ हजार कोरोना संक्रमित थपिए , ३५ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३,१९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५,९०६ मा परीक्षण गर्दा १,७१० मा संक्रमण देखिएको हो ।

कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा ४,९०४ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,१८९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना संक्रमित थपिएका हुन् ।

थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ । पछिल्लो २४ घण्टामा २,११५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ ।

 
 
  
 

You may also like