उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा, बिहीबारदेखि राति ८ बजेपछि गाडी चलाउन नपाइने

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो ।

निषेधाज्ञाभर पुरानै निषेध आदेशहरुलाई निरन्तरता दिइएको छ । साउन २८ गतेदेखि उपत्यकामा राति ८ बजेसम्म मात्रै सवारीसाधन गुड्न पाइने भएको छ । यो नियम सार्वजनिक र निजी सवारीसाधन दुवैलाई लागू हुने प्रशासनले बताएको छ । कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

अत्यावश्यक सवारीसाधन भने चलाउन पाइनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ८ बजेअगावै उपत्यकावासी आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने बताएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमण बढ्न थालेपछि कडाइ गर्न लागिएको बताए । उनले भने, ‘सार्वजनिक ठाउँमा भिडभाड गर्न र ८ बजेपछि सवारीसाधन ओहोरदोहोर निषेध गर्ने निर्णय भएको छ ।’

 
 
  
 

You may also like