बुटवलको अक्सफोर्ड बोर्डिङ स्कुल अब्बल माविका रुपमा पर्न सफल

by समतल अनलाइन

बुटवल ।बुटवलको अक्सफोर्ड बोर्डिंग सेकेण्डरी स्कुल टप २०  भित्रको १३ औ नम्बरमा पर्न सफल भएको छ । जसमा विद्यालयले पाएको उत्कृष्ट माविको पुरस्कार , उच्च मावि संचालन अनुमति पाएको बर्ष , भैतिक पूर्वाधार , पिपुल्स पर्सेप्सन ,र अतिरिक्त क्रियाकलापलाई आधार बनाई तय गरिएको थियो ।

नतिजा तथ्यांक रास्ट्रीय परिक्षा बोर्डद्वारा प्रकाशित ‘ नतिजा सम्बन्धि एक झलक २०७४ -०७५ को पुस्तकलाई आधार मानि निकालिएको हो । कोभिडले गर्दा त्यसपछीका दिनमा बोर्डले आन्तरीक मुल्यांकनको आधारमा गरेको  छ ।
यो तथ्यांक एजुकेसन समाचार नामक अनलाइन पत्रीकाले तयार गरेको हो।

अक्सफोर्ड माविका प्रीन्सिपल दिनेस भुसालले भने हरेक विद्यार्थीलाई आन्तरिक मुल्यांकनका आधारमा छात्रवृत्ति दिने गरेको बताए  ।
‘हामी प्रत्येक महिना विद्यार्थीको आन्तरिक मुल्यांकन गर्छौं,’ उनले भने, ‘परीक्षाको नतिजाका आधारमा २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति दिन्छौं । साथै, नगर पुरस्कार पनि दिन्छौं ।
जसले गर्दा विद्यार्थीमा प्रतिस्पर्धाको भावना विकास भएर पढ्न प्रेरित हुँदा रहेछन् ।’ यस कलेजको प्रत्येक आन्तरिक परीक्षामा ३.६५ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीले १० हजार पुरस्कार र मासिक शुल्कमा छुट हुने भुसालले बताए ।

साथै, पारिवारिक वातावरण, प्रशस्त छात्रवृत्ति, अनुभवी शिक्षक शिक्षिका, सबल भौतिक पूर्वाधार, अत्याधुनिक ल्याब यहाँका थप आकर्षण हुन् । १८ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको यो माविले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

 
 
  
 

You may also like