लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी संगठनहरुद्वारा तोडफोड

by समतल अनलाइन

बुटवल।बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी संगठनले मंगलवार बिहान तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ(नेविसंघ), अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल(क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक क्षेत्रमा तोडफोड गरेको जनाइएको छ।
क्याम्पस प्रमुख डा ताराप्रसाद उपाध्यायले क्याम्पसको प्रवेशद्धारसंगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा र परीक्षा शाखामा विद्यार्थीहरुले क्षति पुर्याएको बताए । विद्यार्थीहरुले त्यहाँ रहेका कम्प्युटर र कुर्सी तोडफोड गरी महत्वपूर्ण कागजातहरुमा समेत क्षति पुर्याएको उनको भनाई छ ।

तोडफोड पछी बिज्ञप्ति निकाल्दै “लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलनरत थियो । तर त्यसलाई बेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमबीएस-एफ र एमबीए-बीएफको प्रवेश परीक्षा फारम खुलाएर हाम्रो अवज्ञा गरेको हुँदा विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा तोडफोड भएको छ ।” विद्यार्थीहरुले क्याम्पसमा भएको क्षतिको जिम्मेवार क्याम्पसको संचालक समिति हुने बताएका छन्।

 
 
  
 

You may also like