आजदेखि एस्ट्राजेनेकाको दोस्रो डोज खोप दिइँदै

काठमाडौं। कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी ज्येष्ठ नागरिकलाई आज (सोमबार) देखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

भुटान र जापानबाट आएको एस्ट्राजेनेका खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो ।
जापानबाट ल्याइएको खोप आजदेखि प्रदेश–१ र २ बाहेक अन्य प्रदेशमा दोस्रो डोज एस्ट्राजेनेका खोप दिइन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ ।

 

 
 
  
 

You may also like